विजयनगर- विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईलाई आज ससम्मान सहित विदाई गरिएको छ । अधिकृत गोविन्द भट्टराईलाई गाउँपालिकाका अध्यक्ष लगायतको जननिर्वाचित पदाधिकारीहरु कर्मचारी ,युवा समाजसेवी लागाएतको टीमले आज फेरि भेटौला भन्ने कार्यक्रमको बिच विदाई गरेको छ ।
विदाई कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भट्टराईकाे कार्यकाल सराहनिय रहेकाे चर्चा गर्नु भएकाे थियाे । थापाले भन्नू भयाे “उहाको सल्लाह अनुसार हामी हरेक कार्य गरिरहेको थियौ । हामीलाई हरेक समस्याको बेला उहाँले जुन सल्लाह दिनु भयो त्यसको लागि हामी आभारी छौं ।”
उहाँलाई टिका, माला, मायाको चिनो र सम्मान पत्र दिँदै विदाई गरिएकाे थियो । सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रवन्धमा एकदमै कमजोर रहेको गाउँपालिकालाई छोटो समयको कार्यकालमा उनले निकै परिवर्तन ल्याई सरल र सहज रूपमा सेवा प्रवाहको अनुभुती जनतालाई गराउन सफल भएको प्रतिक्रिया गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो।

कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलेले गाउँपालिका को लागि भट्टराईको योगदानको प्रशंसा गर्नुभएको थियो । उपाध्यक्ष चौधरीले पालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत भट्टराईलाई गाउँपालिका बाट विदाई गरेपनि आगामी दिनमा पनि उहाँको सहयोग र सुझाब सल्लाह रहने विश्वास व्यक्त गर्नुभयो ।
भट्टराई विजयनगर गाउँपालिकामा आफ्नो कार्य अनुभव सुनाउँदै भन्नुभयो, ‘विजयनगर अत्यन्तै विकासको सम्भावना बोकेको पालिका हो । धेरै नै माया प्रेम पाएको छ । म जाहा गएनी यो बिजयनगर गाउँपालिका लगायत कपिलवस्तु जिल्लाको सम्झना आई रहन्छ । गाउँपालिका मा रहेर काम गर्दा जनप्रतिनिधि, कर्मचारी,राजनीतिक दलका प्रतिनिधि लगाएत सबैको सहकार्य रहेको भन्दै विजयनगर गाउँपालिका लाई धन्यवाद ज्ञापन गर्नुभयो । विजयनगर गाउँपालिका मा रहँदा धेरै कुरा सिक्ने र सिकाउने अवसर प्राप्त भएको र यहाँ बाट धेरै माया र सम्मान मिलेको भन्दै आगामी दिनमा थप उर्जा सहित राष्ट्र सेवामा लाग्ने प्रेरणा मिलेको बताउनु भयो ।

प्रशासकीय अधिकृत गोबिन्द भट्टराईको ३ वर्षको बसाई भएपनि सार्वजनिक जीवनको पानामा ३ वर्षको कार्यकालले महत्वपूर्ण स्थान अगोट्न सफल भएको छ । उनी करिब ३ वर्ष गाउँपालिकामा कार्यरत रहे । सो अवधिमा निजले उल्लेखनिय प्रशासनिक सुधार गरी सेवा प्रवाहलाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी बनाएको कारण गाउँपालिकाले अधिकृत भट्टराईलाई सम्मान पत्र सहित विदाई छ । भट्टराईको भक्तपुर जिल्ला समन्वय समिति काठमाडौं सरुवा भएको छ ।
विजयनगर गाउँपालिका शिक्षा साखा प्रमुख हरिहर बेल्बासेको संचालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष, युवा समाजसेवी, बुद्धिजीवी पत्रकार लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया