Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सिट बाँडफाँटको बिषय सत्ता गठबन्धनको लागि सकस

आगामी निर्वाचनको लागि सिट बाँडफाँटको बिषय सत्ता गठबन्धनको लागि सकस बनेको छ । केही दिन यता निरन्तर रुपमा सिट बाँडफाँट सम्बन्धि कार्यदलमा छलफल भएको भएपनि टुङ्गो भने लाग्न सकेको छैन ।

काँग्रेसले १ सय सिटको दाबी गरेको छ भने माओवादी केन्द्रले कम्तिमा ६० सिटको दाबी गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ १ सय ६५ सिट मात्रै रहेकाले दलहरूको दाबी अनुसार सबैलाइ भाग पुग्ने स्थिति रहेको छैन । कार्यदलमा राष्ट्रिय जनमोर्चाले भने प्रतिनिधिसभा र प्रदेशसभातर्फ आफूले पाउनुपर्ने सिट संख्या तोकेर लिखित रुपमै प्रस्ताव पेश गरेको छ ।

गठबन्धनका अन्य दलले बाहिर, बाहिर दावी गरे पनि कार्यदलमा आफूहरूले मात्र प्रस्ताव लगेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले बताउनुभयो । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभातर्फ २ सिट र प्रदेश सभामा ४ सिट पाउनुपर्ने प्रस्ताव गरेको छ । पुरीका अनुसार बागलुङ १ र प्युठानको प्रतिनिधिसभामा राजमोको दावी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma