नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ ।
कपिलवस्तु क्षेत्र न ३ संघिय सांसदमा मौलाना मक्सुद नेपालीको एकल नाम सिफारिस भएको छ भने संघमा समानुपातिक तर्फ वाट चिन्ता परियारको नाम सिफारिस भएको छ ।
क्षेत्र न ३ (क)का लागि प्रत्येक्ष तर्फ एहसान अहमद खान,राजेन्द्र आचार्य र रमेश चन्द्र चौधरीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा उमा विक,गगन कामी,सिता बुढाथोकि,कुमारी कुसुम चौधरी,जयप्रकाश कहार, टिका पुन मगरको नाम सिफारिस भएको छ ।
क्षेत्र न ३ (ख)का लागि प्रत्येक्ष तर्फ चुर बहादुर खड्का,अर्जुन सापकोटा र केशर वलीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा सवनम खातुन गितादेवि सुनार र मैयान खानको नाम सिफारिस भएको छ ।


प्रतिक्रिया