Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

दार्चुलाको पहिरो पीडितलाई तत्काल उद्धार गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी घाइते भएका र प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । 

उहाँको निर्देशनपछि गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणी पोखरेल, विपद् व्यवस्थापन महाशाखा हेर्ने सहसचिव प्रदीप कोइरालाले नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पठाएका छन् । 

गृह मन्त्रालयका प्रवक्तासमेत रहनुभएका पोखरेलले बाढी र पहिरोमा परी गम्भीर घाइते भएकाहरूलाई उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको जानकारी दिनुभयो । घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी सदरमुकामस्थित जिल्ला अस्पतालमा लगिएको छ ।  

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार हिजोरातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । 

गृहमन्त्री खाणले बाढी पहिरो विस्थापितलाई तत्काल राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएको दार्चुलाका प्रजिअ उपाध्यायले बताउनुभयो । सरकार नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि कुनै कसुर बाँकी नराख्न उहाँले गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma