Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

जय बुद्धको दशै विषेश १५ औं सास्कृतिक कार्यक्रम संगै खुल्ला नृत्य प्रतियोगिता हुने

 

कमल बिष्ट , कपिलवस्तु
जय बुद्ध सामाजिक युवा क्लब शिवराज १ बेलौती कपिलवस्तुले विजया दशमीको अवसरमा सदाको वर्ष जस्तै यस वर्ष पनि सास्कृतिक कार्यक्रम गर्ने भएको छ, क्ल्बले १५ औं सास्कृतिक कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिताको पनि आयोजना गरेको जनाएको छ ।

कार्तिक १७ गते सोमबार बेलुकी ७ बजे बाट दुर्गा मन्दिर बेलौतीको प्राङ्गणमा शुरु हुने कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रमका साथमा खुल्ला नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको क्लबका अध्यक्ष तिलकबहादुर पुनले जानकारी दिनुभयो ।


प्रतियोगितामा सहभागी भइ प्रथम स्थान हासिल गर्नेले नगद रु. २० हजार शिल्ड र प्रमाणपत्र, द्वितीय स्थान हासिल गर्नेले नगद रु १० हजार सिल्ड र प्रमाणपत्र साथै तृतीय स्थान हासिल गर्ने टिमले नगद रु ५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् , प्रतियोगी हुन इच्छुकले यही असोज ८ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने जसका लागि थप जानकारी लिनुपरेमा ९८६९९३०९३३ र ९८४७३४०३३ मा सम्पर्क गर्न सकिने क्लबका सचिब केशर थापाले बताउनुभयो ।

कार्यक्रम लाई भव्य र सफल बनाउनका लागि रोज शर्मा संयोजक र कृष्ण पुनको सह-सम्योजकत्वमा सास्कृतिक कार्यक्रम ब्यवस्थापन समिति समेत गठन गरिएको छ, कार्यक्रममा बिगतका वर्षमा समेत छिमेकी जिल्ला बाट नृत्य प्रतियोगी सहभागी हुनेगरेकाले त्यसलाई थप व्यवस्थित बनाएर भव्य र शानदार बनाउन प्रयत्न गरिने संयोजक रोज आचार्यले बताउनुभयो ।

जय बुद्ध सामाजिक युवा क्लबले स्थापना भए यता विभिन्न खेलकुद गतिविधि, सामाजिक कार्य लगायत स्थानीय विकासका हरेक क्षेत्रहरूमा योगदान पुर्‍याउदै आइरहेको छ, क्लबले क्लबको खेल मैदानमा प्याराफिट निर्माण गर्ने १० वर्षे गुरुयोजना समेत बनाएको छ, क्लबले विभिन्न सामाजिक संघ संस्था, कार्यालय, उद्धमी , व्यापारीहरु बाट सहयोग जुटाएर सास्कृतिक कार्यक्रम सफल पार्ने योजना बनाएको जनाउदै सहयोग गर्ने दाताहरू बाट प्राप्त रकम बच्न गएमा सो गुरुयोजनामा लगानी गर्ने समेत योजना बनाएको बताउदै सबैलाई सहयोगको हातेमालो गर्न समेत अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma