Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बाढीपहिरो पीडितको उद्धारमा खटिन गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले मङ्गलवार रातिबाट परेको निरन्तरको वर्षाका कारण गएको बाढी, पहिरो र डुवानपीडितको उद्धारमा खटिन सम्बन्धित निकायलाई निर्देशनदिनुभएको छ । मन्त्री खाँणले बाढी पहिरो पीडितको यथाशक्य उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृह प्रशासन, सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाँणले गृहसचिव बिनोदप्रकाश सिंह, नेपाली प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई फोन गरेर यस्तो निर्देशन दिनुभएको हो । उहाँले अर्घाखाँची, प्यूठान, रुपन्देही, दाङलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग बाढी, पहिरो र डुबानले जनधनको क्षतिबारे जानकारी समेत लिनुएको छ ।

साथै उहाँले प्राकृतिक प्रकोपमा परेकाको उद्धार, उपचार र राहतका जिल्लामा भएको स्रोत साधनको उपयोग गर्न र नपुगेको तत्कालका लागि आवश्यक पर्ने स्रोत साधनको मन्त्रालयमा माग गर्न समेत निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma