Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

चन्द्रौटा उद्योग वाणिज्य संघले भन्यो-: दमकल व्यवस्थापनमा नगरपालिका गैरजिम्मेवार

चन्द्रौटा उद्योग वाणिज्य संघले दमकल व्यवस्थापनमा शिवराज नगरपालिका गैरजिम्मेवार भएको बताएको छ । असोज २२ गते राती करिब ८ बजे कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाका व्यवसायी कलाम राइनीको घरमा रहेको फलफूल गोदाममा भएको आगलागी हुँदा समयमा दमकल नपुग्दा लाखौँ धनमाल जलेर नष्ट भएको जनाएको छ
संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेयको हस्ताक्षरमा बिज्ञप्ती जारी गर्दै पाँच सय मिटरको दुरीमा रहेको शिवराज नगरपालिकाको दमकल नआएपछि २० किलोमिटरको दुरीमा रहेको कृष्णनगर नगरपालिकाको दमकल आई आगो नियन्त्रणमा लिएको बताएको छ । नगरपालिकाले अतिसंवेदनसिल मानिने दमकल जस्तो साधन गैर जिम्मेवार पुर्ण तथा व्यवस्थापन फितलो भएको जनाएको छ । नगरपालिकाले यस्तो कमी कमजोरीलाई सच्चाई सहज रूपमा छिटोछरितो सेवा प्रवाह गर्न चन्द्रौटा उद्योग वाणिज्य सङ्घ जोडदार माग गरेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma