Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विप्लवले उडाए ड्रोन

नेपाल कम्युनिष्ट पार्टीको नवौ महाधिवेशनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले एतिहासिक महाधिवेशन जिन्दवाद,एकिकृत जनक्रान्ती जिन्दवाद लेखेको व्यानर सहित ड्रोन शिवगढीको आकाशमा उडाएर महाधिवेशनको उद्धघाटन गरेका छन् । मङ्गलवार वाट सुरु महधिवेशन  पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एक हप्ता सम्म  हुने पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्माले बताए ।


महाधिवेशनको उद्धघाटन समारोहमा स्वागत मन्तव्य दिँदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा९विषम०ले पार्टी भित्रका केही व्यक्तिहरूले क्रान्तिलाई कमजोर पार्ने षडयन्त्र गरेर पार्टी फुटाउने रणनीति बनाएको आरोप लगाए । सुदर्शन,कन्चनहरू क्रान्ति सँग डराएर साम्राज्यवादको सरणमा पुगेको बताए । १२ वर्षे जनयुद्ध र आठ वर्ष सम्म एकीकृत जनक्रान्ति गरेर अघि बढेको बुढाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma