Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराज सहकारीको सातौँ साधारणसभा सम्पन्न

कपिलवस्तुको शिवराज कृषि सहकारीले सातौँ साधारणसभा सम्पन्न गरेको छ । शिवराज नगरपालिका वडा नम्बर ३, खरेन्द्रपुरमा बिहीबार सहकारीको सभा सम्पन्न भएको सहकारीले जनाएको छ ।
शिवराज नगर प्रमुख अजय थापाले साधारण सभालाई सम्बोधन गर्दै सहकारीको तरकारी संकलन सञ्चालन कार्य सराहनीय रहेको बताए । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । बजारीकरण, बीउबिजन, सिँचाइ लगायत मलखादको व्यवस्थापन क्रमिक रुपमा नगरे गर्ने समेत प्रमुख थापाको भनाइ छ ।
यस्तै शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले यस सहकारीले आम नागरिकलाई बचत गर्ने बानी लगायत कृषिजन्य सामाग्री सुलभ तवरले उपलब्ध गर्ने गराएको बताए । तरकारी संकलन केन्द्र र आइ एम ई सञ्चालन गरि ग्रामिण भेगका सर्वसाधारणलाई सुविधाले जोडिएका जनाए ।
मलखाद लगायत कृषि सामाग्री कृषकसँग जोड्दै वडालाई कृषिमा अब्बल बनाउन आफू लागि परेको सापकोटाले बताए । वडाका कृषकहरूलाई आत्मनिर्भर बनाउन व्यावसायिक रूपमा कृषि पेशालाई अगाडि बढाउनुपर्ने उनले जनाए । सापकोटाले सहकारीले कृषि क्षेत्रमा धेरै काम गरेकोले अब किसानले उत्पादन गरेका बस्तुलाई सहकारीले खरिद गर्नुपर्ने उनको भनाइ छ ।
वडाले प्रत्येक वर्ष कृषि क्षेत्रमा विभिन्न कार्यक्रम राखेकोले आगामी दिनमा समेत निरन्तर दिने बताए । कतिपयले अनुदानको लागि मात्र कृषि पेसा गर्ने गरेकोले त्यो अब सम्भव नरहेको सापकोटाले जिकिर गरे । यसैबीच नगरका कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले उत्पादनको आधारमा स्थानीय तहले अनुदान दिने बताए । यस वर्ष शाखाले विभिन्न कृषक सहकारीहरूसँग समन्वयन गरी अनुदान प्रदान गर्ने प्रमुख चौधरीले जनाए ।
गत आर्थिक बर्ष २०७८–०७९ मा ७६ लाख ६ हजार ४ सय ४३ रुपैया बराबरको कारोबार गरिएको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीका अध्यक्ष केरसिंह अदैले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सर्वसाधारणको समस्यालाई मध्यनजर गरि आइ.एम.इ. सञ्चालन गरेको जनाए ।
किसानहरूको लागि मल बिक्री वितरण लगायतका कामले कृषकहरूलाई सहज भएको दावी गरे । सहकारीले चालु आवमा कृषकहरूलाई तालिम प्रदान गर्ने, मल बिउ खरिद गर्ने र सामूहिक खेतीको लागि पहल गर्ने लगायतका योजना अघि सारेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma