काठमाडौं – राष्ट्रपति विद्यादवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताउनुभएको हो ।
उहाँले शताब्दी पुरुष जोशीको जीवन सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको उल्लेख गर्नुभएको छ ।
यसैबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री देउवाले जोशीको निधनको खबरले दुखित तुल्याएको बताउनुभएको छ ।
साथै उहाँले नेपाली संस्कृतिको क्षेत्रमा जोशीले गरेको योगदान राज्यले सधैं सम्झिरहने बताउनुभएको छ ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले जोशीको निधनले अत्यन्त दुःखी बनाएको बताउनुभएको हो ।


प्रतिक्रिया