Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

स्वास्थ्य चौकीमा लापरवाही भएपछि नगरप्रमुखद्धारा अनुगमन

नवराज पौडेल,कपिलवस्तु
कपिलवस्तुको शिबराज नगरपालिका वडा न ३ मा रहेको चनइ :jf:Yo चौकिबाट म्याद नाघेका औसधि बितरण भएको भन्ने गुनासो आए पछि नगर प्रमुख अजय थापाले सोमबार स्वास्थ्य चौकिको अनुगमन गर्नु भएको छ ।

नागरिकको स्वास्थमा प्रत्यक्ष असर गर्ने किसिमको काम भएकोले नगरपालिका तत्काल एक्सनमा आएको हो । नगर प्रमुख अजय थापा स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई सहितको टोलिले स्वास्थ्य चौकीले गरेको लापरबाहीको बारे स्पष्टीकरण समेत माग गरेको छ । अनुगमनका क्रमा स्वास्थ्य चौकिका स्वास्थ्य कर्मिहरुले सामाजिक सन्जालमा आएको औषधि बितरण गरेको स्विकार गरेका छन । स्वास्थ्य चौकिबाट म्याद सकिएको औसधि आइरन चक्की र नाबी मलम बितरण भएको खबर आइतबार सामाजिक सन्जालमा पोस्ट भएको थियो ।
स्वास्थ चौकीमा औसधि को अभाव रहेको र बितरण गर्दा ध्यान नदिएको पाइएको छ । अनुगमनमा शिवराज नगरपालिकाका स्वास्थ शाखा प्रमुख चुरामणी भट्टराई ले औसधि बितरण गर्दा ध्यान दिएर बितरण गर्न निर्देशन दिनु भयो । स्वास्थ चौकिमा रहेको हाजिर मेसिन गर्बवतिका लागि प्रयोग गरिने प्रसुती बेड परिवर्तन र औसधि को आपूर्तिको ब्याबस्था लागि नगर संग समन्वय गरि पूरा गरिने उहाले बताउनु भयो ।
नगर प्रमुख थापाले म्याद सकिएको औसधि बितरण गर्ने कर्मचारी सग स्पष्टीकरण माग गर्न र यस्तो कार्य पुन नदोहोर्‍याउन स्वास्थ शाखा प्रमुख चुरामणी भट्टराईलाई निर्देशन दिनु भएको छ ।
अनुगममा मा वडा अध्यक्ष टेकलाल सापकोटा चनइ स्वास्थ शाखा प्रमुख लेखनाथ पौडेल लगाएको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma