Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा के छ ? (पूर्णपाठसहित)

काठमाण्डौ, १२ कार्तिक । नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ुसंविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकारु मुख्य भन्ने नारा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।

५२ पृष्ठको घोषणापत्रमा कांग्रेसले सङ्घीय संसद् र प्रदेश सभामा बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र सङ्घीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाइ प्रदेश र पालिकाको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कांग्रेसले प्रतिनिधि सभालाई विघटन नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । सार्वजनिक खर्च कटौती, सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यतासहितका मापदण्ड लागू, स्वदेशी उत्पादन र उपभोगमा वृद्धि, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी सुधार र कार्यान्वयन, विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित जस्ता काम गर्ने कांग्रेसको प्रतिबद्धता रहेको छ ।

यस्तै, प्रदेश र पालिकालाई अनावश्यक हस्तक्षेप नगर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीति, वैदेशिक सहयोग र ठूला विकास परियोजनालाई क्षणिक लाभका लागि राजनीतिकरण नगर्ने, स्वार्थले द्वन्द्व सिर्जना हुने कुनै पनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न नहुने, लैङ्गिक विभेद तथा सामाजिक विकृतिलाई प्रोत्साहन पुग्ने कुनै पनि काममा संलग्न नहुने कांग्रेसको प्रतिबद्धता छ ।

 

congress-ghosanapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma