काधका कोदालो,जोसिला युवा,सबैलाई नमस्कार आर्सीवाद दिनुस् भन्दै जनताको घरघरमा पुगेका छन मिर्जा रासिद बेग,सलिन स्वभावका मिर्जा प्रति जनताको विश्वास बढ्दै गएको छ । कपिलवस्तु क्षेत्र न ३(ख)का बलियो उम्मेदवारको रुपमा उनलाई हेर्न सकिन्छ । जनता प्रगतिशिल पाटी वाट उम्मेदवार रहेका मिर्जा अहिले आफ्नो क्षेत्रका विभिन्न गाउँमा घरदैलो गरिरहेका छन् । घरदैलोका क्रममा निकै सकारात्मक पाएको उनको बुझाई छ । जोस जागरका साथ नागरिकहरूको घरदैलोमा मात्र होइन किसानहरूको खेत खेतमा समेत मिर्जा पुग्ने गरेका छन् ।
कृष्णनगर नगरपालिका, बिजयनगर गाउँपालिका शिवराज नगरपालिका क्षेत्र भित्र बिहानै देखि उनी आफ्ना एजेन्डा सहित घरदैलो गरेका छन् । जनताको सेवा गर्ने उद्देश्यले आफू निर्वाचनमा उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् । विकास नै मेरो मूल आधार हो,यो क्षेत्र धेरै विषयमा पछाडि छ । यहाँ गफ गर्ने भन्दा काम गर्ने व्यक्ति चाहिएको छ मिर्जाले भने यो पटक जनताले मलाई विश्वास गरेर मत दिएमा जनताका आवश्यकता पुरा गर्ने छु । कृषि,शिक्षा,स्वास्थ्य,रोजगारी लगायत धेरै समस्याहरू रहेकोले ती समस्या समाधान गर्ने सङ्कल्प रहेको मिर्जाले बताएका छन् ।


प्रतिक्रिया