Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कुराले हैन, काम गरेर जनताको मन जितौ : स्वतन्त्र उम्मेदवार खड्का

कपिलवस्तु क्षेत्र न ३ प्रदेश सभा (ख)का स्वतन्त्र उम्मेदवार चुर बहादुर खड्काले जनताको काम गरेर मन जित्नुपर्ने बताउनुभयो । कुरा गरेर मात्र क्षेत्रको विकास नहुने बताउँदै आफुले वडा अध्यक्ष हुदा देखिनै जनताको मन जितेको दावि गर्नुभएको छ । एउटै पदमा बारबार निर्वाचन लड्नु भनेको संकाको दृष्टि रहेकोले आफुले एक कार्यकाल सफलतापूर्वक वडा अध्यक्षमा बिताएको बताउनुभयो ।
प्रदेश सभा सदस्यमा जनताले जिताएमा आफुले क्षेत्रको विकासको लागि प्रदेश र केन्द्र बाट बजेट व्यवस्थापन गरेर विकास गर्ने बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि लगायत धेरै विषयवस्तुमा काम गर्नुपर्ने अवस्था आएको आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउनुभयो । उहाँले मंसिर ४ गते हुने निर्वाचनमा कृषकको छोरा र शासक विचको लडाइ हुने बताउनुभयो । प्रचार प्रसारको लागि पनि रकम नभएर आफुले आफ्नै वाइक वाट प्रचार गरेको खड्काले बताउनुभयो । जनतालाई पैसाले किनेर जित्छु भन्ने घमण्डलाई तोड्नको लागि स्वतन्त्र रुपमा आफुले उम्मेदवारी दिएको खड्काको भनाई छ ।
२०७४ सालमा नेकपा माओवादी केन्द्र वाट शिवराज ९ को अध्यक्ष हुनुभएका खड्का यस पटक प्रदेश सदस्य आकाक्ष व्यक्त गर्नुभएको थियो । सो क्षेत्रमा गठबन्धन वाट प्रदेश सभा को लागि विरेन्द्र कनोडियाले टिकट पाएपछि माओवादी परित्याग गरि खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ सफल वडा अध्यक्षको रुपमा चर्चा कमाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma