मोफसल खबर
कार्तिक, २२
मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी महोल निकै तातिरहेको छ । विभिन्न पार्टिका ठूला ठूला साउण्ड स्टिमले आफ्नो उम्मेदवार र पार्टिका गित घन्काउदै उम्मेदवारको पक्षमा भोट माग्न यति बेला उम्मेदवार नेता,कार्यकर्ता गाउँटोलमा व्यस्त छन ।
कपिलवस्तु क्षेत्र नं. ३ (क) मा पनि चु्नावी सरगर्मि बढेको छ । चुनावी माहोल बढ्दै गए पछि ,छरछिमेक,टोल,चिया पसल ,मेला जताततै उम्मेदवारहरुकै चर्चा सुरु भएको छ । यस पटक यस क्षेत्रबाट कस्ले जित निल्काछ भन्ने अड्कलबाजी सुरु भइसकेको छ ।
क्षेत्र नं. ३ (क)मा विभिन्न राजनैतिक दलहरुले आफ्ना उम्मेदवार संगै पार्टिको एजेण्डा र भिजन लिएर मतदाताको घर आगनमा पुगेका छन । भौगोलिक रुपमा उत्तरपूर्व र दक्षिण पश्चिममा फैलिएको यस क्षेत्रमा भौगोलिक मतले पनि निकै महत्व राख्दछ । आसन्न निर्वाचनका लागि नेपाली काग्रेस, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा लोकतान्त्रिक बाम गठबन्धन बनेर मैदानमा होमिएका छन भने एमाले, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रि समाजवादि पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टि एक्ला एक्कै चुनावी मैदानमा उत्रिएका छन ।
गठबन्धनले नेकपा माओवादी केन्द्रबाट एहसान अहमद खानलाई अघि सारेको छ । यस्तै एमालेबाट एक कार्यकाल प्रदेश सदस्य रहि सक्नु भएका अर्जुन कुमार के.सी. हुनुहुन्छ । एकिकृत समाजवादीबाट जिवलाल पौडेल, लोकतान्त्रिक समाजवादी पार्टिबाट रविदत्त मिश्र र राप्रपा बाट कृष्ण पौडेल उम्मेदवार बन्नु भएको छ ।
स्थापित राजनैतिक दलका उम्मेदवारहरु विच यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । एक कार्यकाल सकुशल सम्पन्न गरेका अर्जुन कुमार के.सी.आफ्नो पक्षमा जनताले मत दिनेमा ढुक्क छन । ५ बर्षे कार्यकालमा करिब साढे ३ बर्ष प्रदेश सरकारमा रहदाँ यस क्षेत्रको विकासका लागि अहोरात्र खटिएका के.सी. जनतामा माझ लोकप्रिय छन ।मज्बुत संगठनका कारणले पनि के.सी.को पक्षमा मत बढि आउने आँकलन गरिएको छ । क्षेत्रको सबै भेगमा विकासका कामहरु गरेका के.सी.लाई दक्षिण क्षेत्रबाट समेत लोकप्रिय मत आउने जानकारहरु बताउछन ।
यता गठबन्धनबाट उम्मेदवार बनेका एहसान खाँ पनि प्रतिस्पर्धाको मैदानमा अब्बल आउन सक्ने विश्लेषकहरुले आँकलन गरेका छन । तिन वटा स्थापित दलबाट साझा उम्मेदवार बनेका र दक्षिणमा उनको आफ्नै प्रभाव रहेको कारणले खाँको बर्चश्व रहने देखिएको छ । क्षेत्रको उत्तरमा गठबन्धनमा रहेका दलहरुको आफ्नै संगठन बलियो रहेकाले पनि उनी अन्य उम्मेदवार माथी हावी हुन सक्ने अनुमान गरिएको छ ।
दक्षिण क्षेत्रमा एकलौटी राज गर्दै दक्षिणको मतले मात्रै चुनाव जित्ने होडमा रहेका लोसपाका उम्मेदवार रविदत्त मिश्रा पनि प्रतिस्पर्धी कै दौडमा रहेका छन । दक्षिण क्षेत्रमा उनको आफ्नै प्रभाव रहेका कारण उत्तर भेगको थोरै मत मात्रै आफ्नो पक्षमा पार्न सके मिश्रा पनि निस्कन सक्नेछन । आफुलाई यस पटक सबै भेगबाट उत्साहजनक मत आउने र जित आफ्नो पक्षमा आउनेमा मिश्रा पनि विश्वस्त रहेको उनको निकट श्रोतले जनाएको छ । दक्षिण मात्र नभई उत्तरी भेगबाट पनि मिश्रलाई उल्लेख्य मत आउने वातावरण मिलेकोले यस पटक मिश्रा नै अगाडी आउने स्रोतले दावी समेत गरेको छ ।
एकिकृत समाजवादीका उम्मेदवार जिवलाल पौडेल पनि नतिजा आफ्नो पक्षमा हुनेमा ढुक्क छन । निकै प्रभावकारी चुनावी प्रचार अभियानमा लागेका पौडेल यस क्षेत्रमा स्थापित र परिचित राजनैतिक व्यक्तित्व हुन । उनको आफ्नै व्यक्तिगत प्रभाव पुरै क्षेत्रमा रहेको छ । लामो समय नेकपा एमालेमा रहेर राजनिती गरेका कारण उनको प्रभाव क्षेत्रमा रहेको जानकारहरु बताउछन । सामाजिक क्षेत्रमा समेत सक्रिय रहदै आएका पौडेलले पनि आफ्नो पक्षमा मत पार्न कडा मिहिनेत गरेका छन । पौडेलको साथमा कुशल राजनितिक खेलाडीका रुपमा चिनिने क्षेत्र बहादुर खत्री, लंका बहादुर हमाल ,मिना परियार लगायको टिम रहेकोले पनि पौडलको पक्षमा मत पर्न सक्ने संभावना बलियो रहेको छ ।
यता शिवराज नगरपालिकमा अपत्यारिलो मत सहित स्थानिय निर्वाचनमा विजयी भएको राप्रपा पनि जित निकाल्ने दाउमा छ । राप्रपाका उम्मेदवार कृष्ण पौडेल यस क्षेत्रमा लामो समय सम्म नेपाली काग्रेसमा रही स्थापित भएका नेता समेत हुन । शिवराज नगरपालिकाबाट मेयरलाई जत्तिकै मत आयो भने पौडेलले पनि जित निकाल्न सक्ने आँकलन रहेको छ । क्षेत्रका सबै मतदाताको घरघरमा पुगी मत मागिसकेका पौडेल अहिले दोस्रो पटक घर दैलो र चुनावी सभा गर्दै गाउँटोलमा मत मागिरहेका छन । राप्रपाको चुनावी अभियानमा उत्साह जनक जनलहर बढेको कारण उनी पनि कडा प्रतिस्पर्धामा रहने अनुमान गरिएको छ ।साथै यस क्षेत्रबाट पुस्कार बन्जाडे र ओम प्रकाश कुर्मि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन । स्वतन्त्र उम्मेदवारहरु पनि आफ्नो पक्षमा मत पार्न कस्सिएका छन ।
कडा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु विच जित कस्को पोल्टामा पर्छ त्यो हेर्न भने मंसिर ४ नै कुर्नु पर्छ । यस क्षेत्रको विकासका लागी सहि भिजन र एजेण्डा सहित आउने उम्मेदवारलाई क्षेत्रका मतदाताको मत जानेमा भने दुई मत छैन ।


प्रतिक्रिया