Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

डोटी केन्द्र बिन्दु भएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु

कार्तिक २३ काठमाण्डौँ । गएराति डोेटीलाई केन्द्र बिन्दु बनाएर ६.६ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । त्यो भन्दा अघि हिजै साँझ पनि डोटीमै केन्द्र बिन्दु भएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

दोहोरीएर पुनः आएको शक्तिशाली भूकम्पबाट भने ६ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । भूकम्पले दर्जनौँ घरहरु क्षतिग्रस्त भएका छन् । स्थानीयको घर भत्किएर च्यापिदा उनीहरुको मृत्यु भएको हो । पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पीडितहरुको उद्धारमा सुरक्षाकर्मीहरु परिचालित भएका छन् । भूकम्पका कारण डोटीको सायल गाँउपालिकाका ठाँउ ठाँउमा पहिरो समेत गएको छ । भुकम्पको धक्का तराईका जिल्लाहरुमा पनि महसुस गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma