मोफसल खबर
कार्तिक २७
कपिलवस्तुको शिवराज नगरपालिका मोटरसाइकल चोर्ने गिरोह सक्रिय भएको छ । नगर क्षेत्रमा हप्ता दिनमा नै २ वटा मोटरसाइकल चोरी भएका छन ।
सनिबार राति नगरको वडा न ५ दक्षिण रहतकोलबाट १५० सिसिको कालो रंगको पल्सर घरबाटै चोरी भएको छ । अनिल चौधरीको लु.८३ प २२१३ नम्बरको मोटरसाइकल चोरी भएको चौधरीले बताए । मोटरसाइकल चोरीका घटना बढ्दै गर्दा चार्ने गिरोह सक्रिय भएको स्थानियले बताएका छन ।मोटरसाइकल चोर्ने गिरोहको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।


प्रतिक्रिया