काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताएका छन् । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उनले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतार राष्ट्रिय हितको संरक्षण गरी देशको गौरव बढाउने एमालेलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरे ।
दैलेखमा ज्वालामुखी अनुसन्धान आफूले नै गराएको दाबी गर्दै उनले भने, “पानीमा ज्वाला बलेको उहिल्यै सबैले देखेका थिए तर म आएर हेरेर अनुसन्धान गरौँ भनेर अनुसन्धान गराइयो, उत्खनन पक्कै हुन्छ ।”


प्रतिक्रिया