मोफसल खबर
कात्र्तिक २९
मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुको म्याराथन पनि बेतोडको भएको छ । को अघि जाने कस्ले कस्लाई उछिन्ने भन्ने खुल्लम खुल्ला दाउपेच सुरु भएको छ । ठूला ठूला साउण्ड सिस्टमले फलाक्ने उम्मेदवारहरुको प्रचार प्रसारले गाउँघर टोल बस्तीमा कोलाहल नै मच्चिएको छ ।
मंसिर ४ नजिकदै गर्दा सबै पार्टिका उम्मेदवारहरुले आफ्नो पक्षमा मतदातालाई आर्कषिक गर्न घरदैलो चुनावी आम सभाहरुलाई तिब्रता दिएका छन । यतिबेला कपिलवस्तु क्षेत्र नं. ३ (क)मा पनि कस्ले बाजी मार्ला भन्ने अड्कल बाजी सुरु भएको छ । अहिले चुनावी मैदानमा फ्रन्ट लाइनमा देखिएका उम्मेदवारहरुमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार एहसान अहमद खाँ अब्बल देखिएका छन । सुरुवाति अवस्थामा केहि कम्जोर देखिएका खाँ पछिल्लो साता देखि आज सम्म आइपुग्दा अन्य उम्मेदवारहरु भन्दा बलियो भएको पाइएको हो । गठबन्धनमा रहेका राजनितिक शक्तिको एकता र विश्वसनियता बढ्दै जादाँ (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खाँ अग्र स्थानमा देखिन्छन । नेकपा माओवादीको आफ्नै पार्टिगत मत संगै लोकतान्त्रिक बाम गठबन्धनमा रहेको नेपाली काग्रेस, राष्ट्रिय जनमोर्चाको पनि मत र उम्मेदवार खाँ को आफ्नै व्यक्तिगत प्रभावका मतहरुको आँकलन गर्दा उनी अग्र स्थानमा आउने देखिन्छ ।
गठबन्धनको निकटतम प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार के.सी. र लोसपाका रविदत्त मिश्रा रहेका छन । यी दुई निकटतम प्रतिस्पर्धीको जुधाइबाट पनि गठबन्धनलाई फाइदा पुग्ने देखिन्छ । क्षेत्रको उत्तरमा के.सी.को आफ्नै बचश्र्व र दक्षिण क्षेत्रमा मिश्राको पकड हुदाँ यी मध्ये सजिलै खाँ निस्कने छन । उत्तरमा के.सी. अन्य उम्मेदवार भन्दा केहि बलियो रहने अपेक्षा रहे पनि एमालेको मत विभाजन हुने छ । एमालले विगतमा ल्याएको मत अहिले राप्रपा र नेकपा एकिकृत समाजवादीमा विभाजन हुने छ । जसले गर्दा एमाले स्वभाविक रुपै उत्तरमा सोचे जस्तो फराकिलो मतले अगाडी बढ्ने छैन । उत्तर क्षेत्रमा एमालेको मुख्य प्रतिस्पर्धीको रुपमा रहेको काँग्रेसको मत पनि गठबन्धनमा आउने र माओवादी पनि बलियो रहेको हुदाँ गठबन्धन नै निस्कने विश्लेषकहरुको बुझाइ रहेको छ ।
आफ्नो ५ बर्षे कार्यकालमा एमालेका उम्मेदवार के.सी.ले उत्तरी भेगमा मात्रै विकासे कार्यक्रम संचालन गरेकोले दक्षिणी भेगमा के.सी.को खासै प्रभाव रहेको छैन । स्थानिय निर्वाचन पश्चात एमाले पार्टिका केहि नेता र कार्यकर्ता नै बेखुस रहेकोले पार्टिबाट नै पूरा सहयोग नरहदाँ एमालेको विरासत अहिले जोगिन्छ कि जोगिदैन भन्ने प्रश्न उठेको छ ।
लामो समय एमालेमा नै रहेर राजनिति गरेका नेकपा एसका उम्मेदवार जिवलाल पौडेलले नै एमालेलाई कडा ठक्कर दिने आँकलन रहेको छ । एसका उम्मेदवार पौडेलले जति धेरै मत ल्याए त्यति एमाले उत्तरमा कम्जोर हुने विश्लेषकको बुझाई छ । उत्तरमा राप्रपाका उम्मेरदवार कृष्ण पौडेलले पनि आफ्नो राम्रै पकड जमाउने हुदाँ के.सी.लाई भने ठूलो धक्का लाग्ने छ ।
क्षेत्र नं.३(क) को निर्णाय मतको रुपमा रहेको मुस्लिम समुदायको मत गठबन्धनका उम्मेदवारलाई अन्य उम्मेदवारको तुलना बढि नै जाने अनुमान गरिएको छ । यसरी नेपाली काग्रेस माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार एहसान अहमद खाँ ढुक्क छन भने एमालेलाई आफ्नो विरासत बचाउन बाकी रहेको दिनमा कडा मिहिनेत गर्नु पर्ने देखिन्छ ।


प्रतिक्रिया