कपिलवस्तु :
कपिलवस्तु क्षेत्र नम्बर ३ को (क) प्रदेश सभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार रविदत्त मिश्रले शुरुवाती अग्रता लिएका छन ।
अहिलेसम्म २४ सय ५ मत गणना गर्दा मिश्रले ९ सय १३ मत ल्याएका छन । एमालेका उमेद्वार अर्जुन केसिले ६ सय ८५ मत प्राप्त गरेका छन ।
राप्रपाका कृष्ण पौडेल २ सय ३३ मत ल्याएका छन । माओवादी केन्द्रका उम्मेदवार एहसान अहमद खानले २ सय १८ मत ल्याएका छन । त्यस्तै नेकपा एकीकृत समाजवादीका जिबलाल पौडेलले १ सय १६ मत पाएका छन । जनमत पार्टीका देवराज भारतीले ९९ मत ल्याएका छन ।


प्रतिक्रिया