नेपाल मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले मुस्लिम आयोगले समुदायको हकअधिकारको बारेमा काम गरिरहेको बताउनुभयो । उहाँले मुस्लिम आयोग र हज कमिटि फरक रहेको भन्दै यसमा कोहि पनि भ्रममा रहन नहुने बताउनुभयो ।
गृह जिल्ला कपिलवस्तु पुगेर पत्रकारहरुसग भेटघाट गर्दै सदस्य मिर्जाले मुस्लिम समुदायको आर्थिक अवस्था उकास्नका लागि सरकारले विशेष बजेट ल्याई सम्बोधन गर्नु पर्ने बताउनु भयो ।
नेपालको मुस्लिम समुदायको वर्तमान अवस्था तथा भावी योजना निर्माणका लागि आयोग तत्पर रहेको आयोगका सदस्य मिर्जाले पत्रकार सम्मेलनमा बताउनु भयो । मुस्लिम आयोगले अहिलेसम्म नेपालभर मुस्लिम समुदायको हकअधिकारको बारेमा नीतिनिर्माण गर्ने गरेको मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले बताउनु भयो । मुस्लिम आयोगले देशैभर मदरसा, कबरस्तान र मस्जिदको तथ्यांक संकलन गरेको आयोगका सदस्य मिर्जा अर्सद बेगले जानकारी दिनु भयो ।


प्रतिक्रिया