Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

स्व.नन्दराम स्मृति पत्रकारिता पुरस्कार बाट पत्रकार बेल्वासे सम्मानित

कपिलवस्तुका पत्रकार माधव बेल्वासे सम्मानित भएका छन् । कमन नेपालको १६ औ वार्षिक साधारण सभाको अवसरमा मङ्गलवार स्व. नन्दराम स्मृति पत्रकारिता पुरस्कार बाट बेल्वासेलाई सम्मान गरिएको हो ।
संस्थाले वार्षिक रूपमा प्रदान गर्दै आएको पुरस्कारबाट नगद राशि सहित सम्मान गरिएको प्रबन्ध निर्देशक लक्ष्मण प्रसाद बेल्वासेले बताउनुभयो । सम्मान गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले विकास र समृद्धिको लागि कलम चलाउन आग्रह गर्नुभयो ।
प्रदेशले स्वास्थ्य क्षेत्रलाई थप बलियो बनाउन विभिन्न कार्यहरू सुरुवात गरेको बताउनुभयो । कपिलवस्तु स्वास्थ्यको विकासमा केही पछाडि रहेको भए पनि अब शिवराज अस्पताल र चन्द्रौटामा प्रदेश स्तरीय अस्पताल निर्माणको प्रक्रिया अघि बढेको बताउनुभयो । कमन नेपालले प्रदेशकै अब्बल दैनिक पत्रिका सञ्चालन गरेकोले थप सशक्त बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष डम्बर प्रसाद शर्माले कपिलवस्तुमा संचार क्षेत्रको विकासमा कमन नेपालको महत्पूर्ण भुमीका रहेको बताउनुभो । स्थापना काल दैखि निरन्तर रुपमा सत्यको संवाहकको रुपमा संचार संस्था संचालन गरेको बताउनुभयो ।
कमन नेपालले सञ्चालन गरेको बुद्ध आवाज पत्रिकाको प्रधान सम्पादक रहनुभएको स्व नन्दराम पौडेलको पत्रकारितामा रहेको योगदानको विषयमा चर्चा गरिएको थियो । पौडेलेको २०७७ चैत्र ३१ गते सडक दुर्घटना परि मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma