Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटामा ‘गजल सन्ध्या’

‘जाउँ भन्दा मान्दैनौ नखरा धेरै भो’ पछिल्लो समय निकै रुचाइएको गजल गीत हो । सामाजिक सञ्जालहरू छ्यापछ्याप्ती भएको यो सङ्गीत प्रति युवायुवतीको आकर्षण बनेको छ । गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको यो गजल गीत फागुन १९ गते कपिलवस्तुको चन्द्रौटामा गुन्जिने छ । कपिलवस्तुमै पहिलो पटक फरक शौलीको कार्यक्रम आयोजना गरिएकोले दर्शकहरूको आकर्षण बढ्ने अनुमान छ ।
छमछमी इन्टरटेमेन्टले आयोजना गरेको गजल सन्ध्या कार्यक्रमलाई थप गजलमय बनाउने छन् चर्चित गजलकार प्रदीप रोदनले,युवा पुस्ता लोकप्रिय बनेको रोदनका गजलले दर्शकहरू झुम्ने विश्वास छ । शिवराज नगरपालिका १ शिवपुरमा रहेको होटेल विराटमा विशेष अफर सहित टिकटको व्यवस्था गरिएको होटेल सञ्चालक विराट केसीले बताउनुभयो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था का संयोजक सुमन पौडेलले बताउनुभयो । कार्यक्रममा गजल प्रस्तुति सँगै नृत्य सहितको सांस्कृतिक कार्यक्रम साँझ ५ बजे बाट सुरु हुने  पौडेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma