
बुटवल
प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बुटवलमा शुक्रबारदेखि सञ्चालन भएको राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ ।सम्मेलनले श्यामलाल पोख्रेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समिति सहित ८ सदस्यीय सल्लाहकार चयन गरेको छ । उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर, सचिव ताराप्रसाद शर्मा र गोपाल प्रसाद भट्टराई तथा कोषाध्यक्षमा प्रज्ववल पहाडी चयन हुनुभएको छ ।
यस्तै, सचिवालय सदस्यमा महेश रिजाल तथा सदस्यहरु नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्कोटा चयन हुनुभएको छ ।वैकल्पिक सदस्यहरुमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी र कुलदीप न्यौपाने रहनुभएको छ भने हाल ४ स्थान रिक्त राखिएको छ ।
यस्तै, सम्मेलनले रामनारायण सुवेदी, सुमन अधिकारी, डबल बोगटी, बैरागी जेठा, शशि सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा र किरण आचार्यलाई सल्लाहकार चयन गरेको छ ।सम्मेलनले संगठनको प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विधान संशोधन गरेको छ ।सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।


प्रतिक्रिया