चन्द्रौटा,२६ वैशाख कपिलवस्तुबाट लागु औषध सहित २ जना महिला पक्राउ परेका छन् । मङ्गलवार बिहान कृष्णनगर नगरपालिका–२ बाट चरेसजस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीय संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीय सेती तामाङ रहेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुगेंलले बताउनुभयो । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया