Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुका बुद्धस्थल समेटेर गुरु योजना बनाइनेछ : मन्त्री सिर्पाली

कपिलवस्तु –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले ऐतिहासिक पुरातात्विक स्थल रहेको कपिलवस्तुमा जुन स्तरमा बिकास र पहिचान हुनुपर्ने हो त्यो स्थल ओझेलमा परेकोे भन्दै गुरु योजना बनाएर प्राचिन कपिलवस्तुको विकास गरिने बताउनु भएको छ ।तिलौराकोट दरबारमा आएकी मन्त्री सिर्पालीले गौतम बुद्धले बाल्यकाल बिताएको मानिने तिलौराकोटलाई विश्वभरका बौद्धमार्गीहरू द्वारा महत्वपूर्ण स्थलका रुपमा लिइदै आएको यस ठाउँँलाई विश्व सामु चिनाउने स्थलको रुपमा बिकास गर्ने सोच रहेकोे बताउनु भयो ।
मन्त्री सिर्पालीले अवलोकनका क्रममा राजा शुद्दोदनको राजदरवार, दरवार क्षेत्र उत्खनन् गरिएका पुर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल र दरवार क्षेत्र भित्रका उत्खनन् भएका स्थानहरु साथै निग्रोधराम कुदान,गोटिहवा निग्लिहवा,जगदिशपुरको समेत अवलोकन गर्नु भएकोे हो । भगवान गौतम बुद्धले २९ वर्र्ष बिताएको ठा“उ कपिलबस्तु स्थित तिलौराकोट दरवार क्षेत्र अवलोकन कै क्रममा मन्त्री सिर्पालीलाई प्राचीन कपिलवस्तु र तिलौराकोट दरवार क्षेत्रका बारेमा लुम्बिनी बिकास कोष पुरातत्व बिभाग प्रमुख हिमाल उप्रतीले पथ प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma