Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अनेम संघ(क्रान्तिकारी) लुम्बिनी प्रदेशको ९ औं पूर्ण वैठक

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) लुम्बिनी प्रदेशको ९ औं पूर्ण वैठक कपिलवस्तुको चन्द्रौटामा बसेको छ । वैठकले संगठनलाई बलियो बनाउनको लागि जिल्ला सम्मेलन देखि प्रदेश सम्मेलनको तयारी गर्ने निर्णय गरेको छ । १२ जिल्लाका प्रतिनिधिहरुको सहभागितामा भएको वैठकमा आ आफ्नो जिल्लामा संगठनको अवस्थाको बारेमा रिपोटीङ्ग गरीएको थियो ।
आइतवार भएको उक्त वैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य तथा महिला संघका केन्द्रिय उपाध्यक्ष दामा शर्माले महिलाको संगठनलाइ थप मजबुद बनाउन पार्टी सँग पनि विभिन्न चरणमा छलफल भइरहेको बताउनुभयो । कतिपय स्थानमा पद लिएर बस्ने तर समय दिन नसक्दा संगठन कमोजर देखिएको बताउनुभयो ।
माओवादीको एजेण्डाले अहिले महिलाका अधिकार सुनिश्चित भइरहेको भन्दै गरेका कामहरु नागरिकहरु समक्ष पुराउनुपर्ने बताउनुभयो । विगतका महिला र अहिलेका महिलाको तुलना गर्दा धेरै परिवर्तन रहेकोले यत्तिले मात्र नपुग्ने जिकिर गर्नुभयो । नेकपा माओवादी केन्द्रका प्रदेश सचिव कृष्ण अधिकारी,प्रदेश कार्यालयका मुख्य सचिव यज्ञ पोख्रेल, प्रदेश सदस्य दिनेश पुन लगायतले संगठन विस्तारमा ध्यान दिदै महिलाका हरेक हक अधिकार सुनिश्चितको लागि आवाज उठाउनुपर्ने बताउनुभयो । प्रदेश अध्यक्ष पार्वती पुनको अध्यक्षतामा बसेको वैठकको संचालन सचिव टीका वलीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma