Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

स्थानीयले मेयरलाई भने –‘डुबानको समस्या समाधान गर्नुस्’

कृष्ण थापा

कपिलवस्तुको शिवराज नगरपलिका ५ चन्द्रौटा सहजटोल अन्तर्गत वालापुर मोड देखि खसि बजार सम्मको डुुबानको समस्या समाधान गर्नु स्थानीयले आग्रह गरेका छन् । आइतवार नगरपालिका पुगेका स्थानीयहरुले वर्षातको समय सुरु हुन लागेकोले डुबानको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
नगरप्रमुख अजय थापालाई ज्ञापन पत्र दिदै स्थानीयले विगतको जस्तो समस्या यस वर्ष हुन नदिन अपिल गरेका छन् । डुबान नियन्त्रण गर्न अहिले समय रहेकोले गम्भीर हुनुपर्ने बताएका छन् । डुबानले क्षती हुने गरेकोदे दिर्घकालिन समाधान खोज्नुपर्ने बताइएको छ । नगर प्रमुख अजय थापाले डुबानको समस्या समाधानमा आफु गम्भीर रहेको बताउनुभयो । पानीको निकासको लागि काम सुरु गरेकोले विगत जस्तो हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma