Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज ५ मा वडा भित्रका स्वंयमसेविकालाई ईन्डक्सन चुलो बितरण

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ ले वडा भित्रका महिला स्वंयमसेविकालाई ईन्डक्सन चुलो बितरण गरेको छ । मंगलबार वडाअध्यक्ष नेत्र बेल्बासे एवम् वडा सदस्यहरुले एक औपचारिक कार्यक्रम गरी वडा भित्र रहेर का सम्पुर्ण स्वास्थ्य महिला स्वमसेविकाहरुलाई वडाको सामाजिक विकास कोेषबाट इन्डकसन चुलो सेट(इन्डकसन चुलो,प्रेसर कुकर,कराई, फ्राई पेन, ससपेन) वितरण गरेको हो ।

इन्डेक्सन चुलो बितरणले नियमित स्वास्थ्य सम्वन्धि जनचेतना दिदै आएका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकाहरुको कामलाई सहज हुने वडा अध्यक्ष नेत्र बेल्बासेले बताउनु भयो ।

थप हौसला मिलोस भनेर प्रोत्साहन स्वरुप स्वंयसेविकालाई उक्त सामाग्री वितरणबाट गरिएको बताउनु भयो । ईन्डक्सन चुलो ग्रहण गर्दै स्वयंसेविकाहरुले खाना पकाउन वैकल्पिक प्रयोगमा सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma