कपिलवस्तु,८ असार
कपिलवस्तु नगरपालिकाका कर्मचारीहरूले शुक्रवार दिउसो देखि पेन डाउन गरी विरोध प्रदर्शन उत्रेका छन । उप मेयर सुनिता गुप्ताका श्रीमान् सञ्जय भन्ने धिरज गुप्ताले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरूलाई गाली गलौच गरी दुर्व्यवहार समेत गरेको भन्दै पेन डाउन गरेका हुन । असार १० गते नगरको नीति तथा कार्यक्रम कालागि सभा हुने मिति तय गरिएको छ । नगर सभा कै पूर्व सन्ध्यामा कर्मचारीहरूले गरेको पेन डाउनले कामकाज प्रभावित हुने देखिएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालको कार्यकक्षमा आगामी वर्षको नीति कार्यक्रम तथा बजेटका विषयमा छलफल चली रहेका बेला उम मेयर गुप्ताले आफ्नो श्रीमान् सञ्जयलाई समितिमा राख्न आग्रह गरिन् । तर बैठकमा सहभागी रहेको वडाध्यक्षहरूले त्यो नमिल्ने बताएका थिए । सञ्जयले प्रमुख प्रशासकीय अधिकृत अर्याल सहित कर्मचारीलाई तथानाम गाली गलौच गरेको कर्मचारीहरू बताउँछन् । नगरपालिका कर्मचारीहरू अनुसार गुप्ताले पहिले देखि र्नै कर्मचारीहरूलाई गाली गलौच गर्ने अख्तियारमा अनावश्यक मुद्दा हालेर मानसिक तनाव दिदै आएको बताएको छ । दिउसो कर्मचारीहरूले विरोध प्रदर्शन गर्दै काम गर्ने वातावरण हुनु पर्ने भन्दै नाराबाजी समेत गरेका थिए । नगरपालिकाका कर्मचारीहरू भेला भई काम गर्ने वातावरण नभए सम्म पेन डाउन गर्ने निर्णय गरेको छन । यस्तै उनीहरूले घटनाको सञ्जय उपर प्रचलित कानुन अनुसार कारबाहीको माग गरेका छन । प्रमुख प्रशासकीय अधिकृत अर्यालले कर्मचारीहरूमाथि गालीगलौज र दुर्व्यवहार गर्ने गुप्तामाथि प्रचलित कानुन अनुसार कारबाही गर्न प्रहरी कार्यालय उजुरी समेत दिएका छन ।


प्रतिक्रिया