Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै, यस्ता छन् छलफलका मूख्य एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । पार्टी कार्यालय सानेपामा करिव एक वर्षपछि बस्न लागेको आजको बैठकमा मुलतः नीति महाधिवेशनको तयारीबारे छलफल हुने प्रचार विभाग प्रमूख मीन विश्वकर्माले बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता विश्वकर्माले आजको बैठकको मूख्य एजेण्डा मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन को समीक्षादेखि पार्टी संगठन र सुदृढिकरणलगायत पार्टी सदस्यता व्यवस्थापन तथा वितरण प्रणाली रहने बताउनुभएको छ ।

दिउँसो एक बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, बजेटबारे पनि छलफल हुने नेता विश्वकर्माले बताउनुभयो । यस्तै केन्द्रीय समितिको बैठक अगाडि आजै बिहान कांग्रेस सभापनि शेर बहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग अनौपचारिक छलफल गर्दै हुनुहुन्छ ।

संसद पनि संगसंगै चलिरहेकाले सभापतिले बोलाएको बिहानको छलफलमा संसदलाई छलेर पार्टीको बैठकलाई निरन्तरता कसरी दिने र बैठकमा उठ्ने विषयलाई व्यस्थित ढंगबाट कार्यसमितीले कसरी ग्रहण गर्ने भन्नेलगायतका विषयमा छलफल गरियो भने कार्यसमितीको बैठकको एजेण्डा सेटिङमा पनि सहज हुने र छलफलको विषयलाई पनि परिधिभित्र निश्चित विषयबस्तुमा केन्द्रित गर्न सकिने नेता विश्वकर्माको भनाइ छ ।

नर्वाचनका समयमा गठबन्धन गर्ने या नगर्ने भन्ने तीव्र विवादकै बीच सभापतिको अडानका कारण पाँच दलीय गठबन्धन बनेको थियो । तर निर्वाचन परिणामपछि कांग्रेसमा यसबारे छलफल भएको छैन ।

अहिले कांग्रेससमेत सहभागी सरकारले गरेका काम कारबाहीका बारेमा पनि केन्द्रीय समितिमा छलफल भएको छैन । आजको बैठकमा सबै विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसमा नेतृत्वप्रतिको असन्तुष्टि पनि बढ्दो छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई कारबाही नगरिएको तथा ललिता निवास प्रकरणमा पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्न नसकेको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma