Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगहीमा एकै परिवारका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन् । मङ्गलवार देखी हराएका वर्ष ५ का राजन यादव र ७ वर्षका साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक लक्ष्मण वलीले बताउनुभयो ।
प्रहरीलाई घरबाट हराएको भनी राती ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधवार बिहान मात्र भेटिएको थियो । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवलाई बहादुरगंज स्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको कृष्णनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma