पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका १ फेरहीखोलाबाट शसस्त्र प्रहरी बुधवार बिहान अवैध कपडा बरामद गरेको छ । पोखरा बाट तुलसिपुर जादै गरेको बसमा चेकजाच गर्दा रु १२ लाख २३ हजार ८ सय ९० रकम बरावरको कपडा फेला पारेको शसस्त्र प्रहरीका डिएसपी दिपक बलामीले बताउनुभयो । बरामद गरेको उक्त कपडा राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।


प्रतिक्रिया