नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग विश्वकर्मा ‘अथक’ले पार्टी बनाउन जनताको घरघरमा पुग्नुपर्ने बताए । जनता सँग माओवादी रुपान्तरण अभियानको सन्दर्भमा कपिलवस्तुको शिवराज नगरसमिति सँग छलफल गर्दै अहिले सबै नेता कार्यक्रता पार्टी बनाउन एकजुट भएर लाग्नुपर्ने बताए ।
पार्टीले रुपान्तरण अभियान सुरु गरेको र यसले पार्टीलाई एउटा उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । जिल्लामा कतिपय वडामा पार्टीको अवस्था कमजोर देखिएकोले त्यस क्षेत्रतर्फका जनताको घरघरमापुगेरको माओवादी के हो र भूमीकाको बारेमा प्रष्ट पार्नुपर्ने बताए । पूर्व मन्त्री समेत रहेका गहतराजले अहिलेको सरकार भ्रष्टचारको विरुद्धमा एक्सन लिएर काम गरिरहेको बताए ।
नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य भिम कुमारी बुढाले तीन महिने रुपान्तरण अभियानले पार्टी पहिलो बन्ने दावी गरिन । माओवादीले आफुले गरेका कामहरु जनता सँग पुराउन नसकेको भन्दै सबै नेता कार्यक्रताले सरकारले गरेका राम्रा काम जनतामा पुराउन लागि पर्नुपर्ने बताइन ।
“जनता संग माओवादी विशेष रूपान्तरण अभियान“ अन्तर्गत पहिलो चरणमा , बैठक, भेला, प्रशिक्षण, सदस्यता नविकरण, विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन ,प्रचार सम्बन्धि संयन्त्र र योजना निर्माण लगायतका बिषयमा ठोस निर्णय र रोडम्याप सहित जनताको बीचमा पुग्ने जिल्ला सचिव हजरत अलिले बताए ।
नगरका ११ वटै वडाका इन्चार्जहरुले अभियानको बारेमा रिपोटीङ गरेका थिए । केन्द्रिय सर्कुलर अनुसार निरन्तर रुपमा तिन महिना सम्म कार्यक्रमहरु संचालन गरिने नगरका कार्यवाहक अध्यक्ष चिन्ता परियारले बताए । पारियारको अनुसार जिम्मेवारी पाएका सबै नेताहरु कुशलतापूर्व काम गर्नुपर्ने बताए । चन्द्रौटा पार्टी कार्यालयमा भएको वैठकले अन्य विभिन्न निर्णयहरु समेत गरेको छ । प्रदेश सदस्यहरु,जिल्ला सदस्यहरुको आतिथ्यतामा सम्पन्न भएको छ ।


प्रतिक्रिया