Developed By Kuldeep Sharma

१० महिना अगाडि

कृष्णनगरबाट लागुऔषध र नगद सहित युवक पक्राउ

कपिलवस्तु, साउन २३ –

कपिलवस्तुको कृष्णनगरबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। बिहिवार साँझ करिव ८ बजे सडकमा हिँडिरहेका कृष्णनगर नगरपालिका–२ शंकरटोल बस्ने ४६ वर्षीय दीप नारायण कुर्मीलाई शंका लागी चेकजाँच गर्दा साथमा लुकाइ–छिपाई राखिएको ३ वटा प्लास्टिकमा प्याक गरिएका ६५ पुडिया फेला पारेको हो। तौल गर्दा ती पदार्थको शुद्ध तौल २ ग्राम ८० मिलिग्राम रहेको र खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ भएको प्रहरी निरीक्षक इश्वर लौडारीले बताए । उनको साथबाट नगद ३० हजार रुपैयाँ समेत बरामद गरिएको छ। पक्राउ परेका कुर्मीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma