Developed By Kuldeep Sharma

८ महिना अगाडि

कपिलवस्तुका ७३ प्रतिशत प्रतिनिधि काग्रेसको विशेष महाधिवेशनको पक्षमा

नेपाली कांग्रेस कपिलवस्तुको महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका छन्। जिल्लाका  महाधिवेशन प्रतिनिधिहरूमध्ये ७३ प्रतिशतले विशेष महाधिवेशनको मागपत्रमा हस्ताक्षर गरेका छ्न

जिल्ला उपसभापति हुमाकान्त खनालले बताए । अहिले देशको अवस्था गम्भीर रहेको भन्दै यो अवस्थामा नियमित वा विशेष महाधिवेशन आवश्यक रहेको खनालले जानकारी दिए ।

नेपाली कांग्रेस शिवराज नगर समितिबाट सुरु भएको यो अभियान अहिले जिल्लाभर सचालन भएको छ ।

कांग्रेसको विधानमा केन्द्रीय समिति बैठकले आवश्यक ठानेर विशेष महाधिवेशन बोलाउन सक्ने छ । त्यसबाहेक ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई हस्ताक्षरसहित लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउन सक्ने प्रावधान छ ।

जेनजी आन्दोलनपछिको घटनाक्रमलाई कारण देखाउँदै  विशेष महाधिवेशनका लागि अभियान सुरु गरेको हो । अहिलेसम्म आवश्यक हस्ताक्षरभन्दा बढीको संकलन भइसकेको नेताहरुले दाबी गरेका छन् ।

लिखित रूपमा विशेष महाधिवेशन माग भएको अवस्थामा तीन महिनाभित्र बोलाउनु पर्ने विधानमा व्यवस्था छ । विधानअनुसार कांग्रेसको नियमित महाधिवेशन आउँदो मंसिरसम्म गरिसक्नु पर्ने छ । विशेष परिस्थितिको कारण देखाउँदै एक वर्ष थप गर्न सकिने प्रावधानसमेत छ । मंसिर आउन डेढ महिनापनि बाँकी नरहेको अवस्थामा विशेष महाधिवेशनका लागि सुरु गरिएको हस्ताक्षर अभियानलाई समयमा महाधिवेशन गर्नका लागि दबाब दिने संकेतका रुपमा यो अभियान सुरु गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma