Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटामा दिप प्रज्वलन

माधव बेल्बासे
कपिलवस्तु : २९ औ लैगिक हिंसा दिवशको अवशरमा कपिलवस्तुको चन्द्रौटामा दिप प्रज्वलन गरिएको छ । लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताःव्यक्ति,समाज र सबैको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ अभियान सन्चालन गरिएको छ ।
दिप प्रज्वलन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विभिन्न बाहानामा अझै पनि लैगिक हिंसा हुने गरेकोले नागरिकहरु शिक्षित हुन आवश्यक रहेको बताउनुभयो । अहिले विभिन्न ठाउँमा बलत्कार जस्ता जघन्य अपराधहरु भइरहेकोले यसलाई निर्मुल पार्न आवश्यक रहेको बताउनुभयो । महिलाहरुलाई आत्मनिर्भर बनाउन स्थानिय तहले सिपमुलक तालिम सहित स्वरोजगार बनाउनुपर्ने जनाउनुभयो ।
कार्यक्रममा महिला मानव अधिकारकर्मी मिना परियारले महिलाहरुले अझै पनि धेरै भेदभाव, विना सम्मानित र हिंसामुक्त जीवन बाँच्न नपाएको भन्दै अभियानले मात्र नपुग्ने जिकिर गर्नुभयो । पुरुषको तुलनामा महिला अझै पनि धेरै पछाडि परेको भन्दै महिलाहरु अब जागरुक भएर अग्रभागमा आउनुपर्ने जनाउनुभयो ।शिवराज नगरपालिकाको सहयोग र दियालो नेपालको आयोजनामा भएको कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी,उपमेयर शिवकुमारी थारु,नेकपाका नेता दिनेश पुन,मानव अधिकारकर्मी विष्णु खतिवडा लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma