Developed By Kuldeep Sharma

१५ घण्टा अगाडि

जेन्जी युवालाई नेतृत्वमा ल्याउँदै रास्वपाले गठन गर्‍यो वडा समिति

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा राष्ट्रिय स्वतन्त्र पार्टी को वडा समिति गठन गरिएको छ।
गठित समितिको सभापतिमा विष्णुदत्त मिश्र चयन हुनुभएको छ भने उपसभापतिमा मन्नान मियाँ र सचिवमा श्रीपद् कुर्मी चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा रेनु कुर्मी, रमावती चमार, गुलाम मती, प्रभाती नाउ, रब्दिन मनियार, राजेश पासी तथा राजेन्द्र कुर्मी रहेका  नगर सभापति बालकृष्ण पाण्डेयले जानकारी  दिनुभयो।
समिति गठन कार्यक्रममा बोल्दै नगर सभापति पाण्डेयले देशभर वडा समिति विस्तार अभियान तीव्र रूपमा अगाडि बढिरहेको बताउँदै पार्टीको नीति, सिद्धान्त र विचारअनुसार जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो। उहाँले नयाँ पुस्ता र विशेषगरी जेन्जी समूहका युवालाई नेतृत्वमा अघि ल्याइएको उल्लेख गर्दै अब देशको नेतृत्व युवापुस्ताले सम्हाल्ने समय आएको बताउनुभयो।
कार्यक्रममा जिल्ला सभापति शिवकुमार सुवेदी, मिर्जा रासिद बेग, शरद अधिकारी, आनन्द यादव लगायतका नेताहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma