Developed By Kuldeep Sharma

१५ घण्टा अगाडि

युवा समाजसेवी विष्णु दत्त मिश्र रास्वपामा प्रवेश

कपिलवस्तुको शिवराज नगरपालिका–१० मा राजनीतिक माहोल तातेको छ । स्थानीय स्तरमा सक्रिय युवा समाजसेवी विष्णु दत्त मिश्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेसँगै जिल्लाको राजनीतिमा नयाँ चर्चा सुरु भएको छ ।

रास्वपा शिवराज नगर समितिद्वारा आयोजित कार्यक्रममा नगर अध्यक्ष बालकृष्ण पाण्डे ले मिश्रलाई पार्टीमा स्वागत गर्दै अब परिवर्तनको पक्षमा युवाहरू खुला रूपमा उभिन थालेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले पुराना दलप्रति जनताको निराशा बढिरहेको र वैकल्पिक शक्तिको रूपमा रास्वपाप्रति विश्वास बढ्दै गएको दाबी गर्नुभयो । “अब युवाहरू भाषण होइन, परिणाम खोजिरहेका छन्,” उहाँले भन्नुभयो ।

रास्वपामा प्रवेश गरेपछि प्रतिक्रिया दिँदै विष्णु दत्त मिश्र ले देशमा सुशासन, पारदर्शिता र जनमुखी राजनीति आवश्यक रहेको बताउनुभयो । अन्य दलभन्दा रास्वपाको विचार, नीति र काम गर्ने शैली आफूलाई प्रभावकारी लागेको भन्दै अब सक्रिय राजनीतिमार्फत समाज परिवर्तनमा लाग्ने उहाँको भनाइ थियो ।

स्थानीय राजनीतिक वृत्तमा मिश्रको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सामाजिक क्षेत्रमा सक्रिय युवाको रास्वपातर्फको यो कदमले शिवराज क्षेत्रमा नयाँ राजनीतिक वृत्तमा मिश्रको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सामाजिक क्षेत्रमा सक्रिय युवाको रास्वपातर्फको यो कदमले शिवराज क्षेत्रमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने चर्चा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma