Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजका पाँच वडा अध्यक्ष सहित २३ जनप्रतिनिधिको राजीनामा


माधव बेल्वासे
चन्द्रौटा,९ वैशाख
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि जनप्रतिनिधिले राजीनामा दिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाका ५ जना वडा अध्यक्ष सहित २३ जना जनप्रतिनिधिहरूले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो । वडा न ३ का अध्यक्ष टेकलाल सापकोटा,वडा न ४ का अध्यक्ष सफिक अहमद मुसलमान, वडा न ५ का अध्यक्ष अर्जुन पाण्डे, वडा न १० का अध्यक्ष मन्जु मिश्र, वडा न ११ का अध्यक्ष रामेश्वर बर्माले राजीनामा बुझाएका छन् । अन्य कार्यपालिका सदस्य तथा वडा सदस्यहरूले राजीनामा बुझाएको अर्यालले बताउनुभयो । अन्य जनप्रतिनिधिहरूको पनि राजीनामा आउने क्रम रहेको उहाँले बताउनुभयो । वैशाख ३० गते हुने निर्वाचनमा पुन उम्मेदवार बन्नको लागि जनप्रतिनिधिहरूले राजीनामा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma