चन्द्रौटा,९ वैशाख
नेपाल काँग्रेसका बिजयनगर गाउँ समितिका सभापति जानकी प्रसाद यादव जसपामा प्रवेश गरेका छन् । काँग्रेसले गाउँपालिका अध्यक्षको टिकट नदिएपछि उनी सहित समर्थकहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । गत निर्वाचनमा स्वतन्त्र वाट उम्मेदवार रहेका यादव वाट झिनो मतान्तरले पराजित भएका थिए । यादव नेपाली काँग्रेसमा प्रवेश गरी १४ औ महाधिवेशन वाट गाउँ सभापतिमा निर्वाचित भएका थिए ।
यादवलाई शुक्रवार जिल्ला अध्यक्ष शैलेन्द्र यादवले प्रवेश गराएका हुन । स्थानीय स्तरमा राम्रो प्रभाव रहेका यादव जसपामा प्रवेश गरेपछि स्थानीय तहको निर्वाचनमा जसपामा जित निश्चित रहेको जिल्ला अध्यक्ष यादवले बताउनुभयो । काँग्रेसले रफिक महोमद मुसलमान उम्मेदवार बनाउने तयारी गरेसँगै यादव पक्षहरू रुष्ट भई जसपामा प्रवेश गरेको बताइएको छ ।


प्रतिक्रिया