कपिलवस्तु – किसानलाई वित्तय साक्षरता तथा अन्तर समुहको लागि सुदृढीकरण सम्बन्धी १दिने तालिम सोमबार दिएको छ । कपिलबस्तुको शिवराज नगरपालिकामा रहेको हिमपात सानाकिसान कृषि सहकारी संस्थाले किसानलाई वित्तय साक्षरता तथा अन्तर समुहको लागि सुदृढीकरण सम्बन्धी एक दिने तालिम दिएको छ ।
किसानले उत्पादन गरेको आम्दानि बाट आएको आर्यआर्जन सहकारमिा जम्मा गरेर बचत गरी सहकारी बाट अत्पादनमुखि बनाउने उदेश्यले किसानको लागि उक्त तालिम गराएको हिमपात सानाकिसान कृषि सहकारी संस्थाका कार्यवाहक अध्यक्ष जिवन केसीले बताउनु भयो ।
तालिममा सहभागिता जनाउदै सहकारीका सल्हाकार सदस्य विष्णु प्रसाद पौडेलले सहकारीले अन्य कुरामा लगानी लगाउनु भन्दा कृषि क्षेत्रमा लगानि लगाइ हजारौ किसानलाई आत्म निर्भर हुने कुरामा जोड दिनु पर्न बताउनु भयो ।
तालिममा सहभागिले तालिम बाट धेरै कुरा जानकारी पाएको बताउदै आगिमि दिनमा पनि यस्तै तालिमको आवश्यक रहेको बताएका थिए । वित्तय साक्षरता तथा अन्तर समुहको लागि सुदृढीकरण तालिममा ५० जना किसानको सहभागिता रहेको थियो ।


प्रतिक्रिया