चन्द्रौटा,१२ वैशाख
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको शिवराज नगरपालिकामा गठबन्धन भएको छ । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी बिच गठबन्धन भएको हो । निर्वाचनमा मेयर पद एकिकृत समाजवादीले र उपमेयर माओवादी केन्द्रले पाएको छ ।
गठबन्धन वाट मेयर पदमा क्षेत्र बहादुर खत्री र उपमेयरमा दिनेश पुनको उम्मेदवारी परेको छ । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगि उम्मेदवारी दर्ता गरिएको छ । लामो समय देखि एमालेको प्रभावशालि नेताको रुपमा खत्रीलाई चिन्न सकिन्छ । साविक विरपुर गाविसका अध्यक्ष भएर काम गरेका खत्री शिवराज क्षेत्र राम्रो प्रभाव रहेको छ ।सलिन तथा सरल स्वभावका दिनेश पुनले उपमेयरमा उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष समेत हुन । गठबन्धले वडा समेत विभाजन गरेको छ । नगरमा रहेका ११ वटा वडा मध्ये ७ वटा माओवादी केन्द्र र ४ वटा एकिकृत समाजवादीले पाएको छ ।


प्रतिक्रिया