Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराज कांग्रेसले ११ ओटै वडामा चुनावी कार्यालय खोल्यो ।।

वैशाख १४ कपिलवस्तु
नेपाली कांग्रेस शिवराज नगरसमितिले चन्द्रौटामा चुनाव प्रचार प्रसार समितिको कार्यलय संचालन गरेको छ । कांग्रेसले शिवराजका ११ वटै वडामा समेत चुनाव प्रचार प्रसार समितीको कार्यालय संचालन गरेको जनाएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानियतहको चुवावलाई लक्षित गरि सम्पर्क कार्यालय संचालन गरेको नगर सचिव विष्णु पोख्रेलले जानकारी दिनुभएको छ । सवै वडाका अध्यक्षका उम्मेदावरहरुले कार्यालय संचालन पछि पार्टिका गतिविधी संचालन गर्न सजिलो हुने वताएका छन । चन्द्रौटामा चुनावी कार्यालयको समुदघाटन नगरप्रमुख पदका उम्मेदावर हुमाकान्त खनाल र उप्रमुख पदका उम्मेदावर सारदा रायमाझीले संयुतm रुपमा गर्नुभएको थियो ।

पार्टि कार्यलयको उदघाटन गर्दै नगर प्रमुखका प्रत्यासी खनालले कांग्रेसले शिवराजमा जित निकाल्ने वताएका छन । कांग्रेस कार्यकर्ता उत्साहित भएर लागेको वताएका हुन । खनालले आफनो ४० वर्षको अनुभव जनतामाझ प्रस्तुत गर्न चाहेको समेत वताएका छन । उपप्रमुखका उम्मेदावर रायमाझीले लामो समय शिक्षा क्षेत्रमा क्रियाशिल लागेको वताउदैं अव राजनीती मार्फत वांकी जिवन जनताको शेवा समर्पीत गर्न चाहेको वताएका छिन । कार्यक्रमलाई विभिन्न वडा अध्यक्षहरुले संवोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma