Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

घरदैलो अभियानमा व्यस्त वडा अध्यक्षका उमेद्धार पौडेल

कपिलवस्तु – निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा सम्पुर्ण शक्ति प्रयोग गरेर लाागि परेका छन । शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदका उमेद्धार सरोज पौडेलले पनि यतिबेला घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन । नगरमै छुट्टै छाप र प्रभाव पार्न सफल पौडेल पहिलादेखि नै चर्चामा रहेका उमेद्धार हुन । सबैको चर्चामा र भरोसामा रहेका पौडेलले घर घरमा पुगेर वडा अध्यक्ष भएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन ।

वडा वासिले पनि पौडेललाई साथ रहेको बताउदै आएका छन । पौडेलले चुनाव चिन्ह कलममा मतदान गरी आफुलाई विजय बनाउन आग्रह गर्दै गर्दा अधिकाम्स नागरीकहरु पैडेलकै पक्षमा छन । शिवराज ५ मा वडा अध्यक्षमा सरोज पौडेलको जित निश्चित रहेको वडा वासिको भनाई छ ।

चन्द्रौटामा प्रभावसालि नेता मानिएका पौडेलले वडा अध्यक्षमा उमेद्धारी दिएका हुन । लामो समयदेखि सक्रिय राजनितिमा लागेका पौडेलले वडामा गठबन्धनको तर्फबाट उमेद्धारी दिएका हुन । पार्टि र जनताको विश्वासलाई आत्मसाथ गर्दै आफु लागेको बताउदै त्यो विश्वासलाई चुक्न नदिने र जितमा परीणत गर्ने पौडेलले बताउनुभयो । जनताको सेवा र वडाको समग्र विकासको लागि आफुले वडा अध्यक्षमा उमेद्धारी दिएको पौडेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma