Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

पुर्व प्रहरी शुक्ला वडा अध्यक्षमा भिडदै

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा शिवराज नगरपालिका वडा नम्बर ८का वडाध्यक्ष पदमा नेकपा एमाले पार्टीबाट बलियो उम्मेदवारको रूपमा चर्चामा आनन्द कुमार शुक्ला रहेका छन् । शिवराज नगरपालिका ८, पटपर घर भइ पछिल्ला २० बर्ष सम्म राष्ट्र सेवक कर्मचारी (नेपाल ट्राफिक प्रहरी) रहि लामो समय देखि सेवा दिदै आइरहेका छन् । शुक्लाको सक्रिय कार्य शैली सेवाको प्रभावले सामाजिक क्षेत्रमा लोक प्रिय् भएका हुन्। वडाको वडाध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गरे लगत्तै चुनावमा जो कोहि उहाँ संग प्रतिस्पर्धा गर्नु पर्ने देखिएको छ । औपचारिक रूपमा सोमबार मनोनयन दर्ता गराए पछि पहिलो स्थानमा रहेको आकंलन गर्न थालिएको छ । वडामा युवाहरुको ढुकढुकीको भई युवा समाजसेवीका रूपमा उनको राजनीतिक उदय भएको छ। गाउँ घर-वडा स्तरमा जो सुकलाई कुनै किसिमको समास्या पर्न गएमा गर्न सक्ने क्षमता अनुसारको सहयोग गर्ने भएको हुँदा वडानं ८मा बलियो उम्मेदवार रुपमा रहेका छन्।

व्यक्तिगत राम्रो छवि भएकाे र नेकपा एमाले पार्टी बाट टिकट लिइ उम्मेदवारी दिएकोले जित सुनिश्चित रहेको जानकारहरुले विश्लेषण गरि रहेका छन् । आनन्द कुमार शुक्ला अहिले बलियो उम्मेदवार मध्येका एक हुन् । वडा भित्र पर्ने सबै गाउँहरूमा शुक्लाको चर्चा परिचर्चा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma