शिवराज नगरपालिका वडा नं ९को वडा अध्यक्ष पदका उम्मेदवार रामगोपाल चौधरीले शिवगढीकाे बिकासका लागि उम्मेदवारी दर्ता गराउनु भएको बताउनु भयो।
माओवादी केन्द्रको तर्फबाट वडा सदस्यमा बिजयी भइ ५ बर्ष जनताको सेवा गरेका चौधरीले वडाको धेरै समस्य पहिचान गरीसकेकोले ती समस्यको समाधान गरेर सुन्दर र समृद्ध शिवगढी बनाउने परिकल्पना सहित आफ्नो उम्मेदवारी दिएको बताउनु भयो ।
शिवगढीकाे भगवानपुरमा शुक्रबार चुनाव प्रचार प्रसार समितिको कार्यलय उटघाटन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताउनु भएको हो ।
शिक्षा ,कृषि सिचाइ स्वास्थ ,युवा तथा खेलकुद ,महिला ,दलित,,भुमिहिन,पर्यटन ,लगायतका क्षेत्रमा विशेष योजना बनाएर सबैलाई फरक महसुस हुने गरि काम गर्ने चौधरीले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
चौधरी सबैका लोकप्रिय भेदभाव नगर्ने नेताको रुपमा परिचित भएको कारण अबको निर्वाचनमा चौधरीको जीत सुनिस्चित भएको स्थानीय युवा राम प्रसाद पुनले बताउनु भयो ।


प्रतिक्रिया