Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

२४ वर्ष पछि पुनः जनप्रतिनिधिको तयारीमा क्षेत्र बहादुर

कुटिल राजनितिक गर्न सक्षम व्यक्तिको रुपमा परिचित छन् क्षेत्र बहादुर खत्री । २०५४ सालमा भएको निर्वाचनमा विरपुर गाविस अध्यक्ष भएका खत्रीले अहिले मेयरमा उम्मेदवारी दिएका छन् । शिवराज नगरपालिकाको मेयरमा आफुले जित्ने दावि गर्दै सबै साथ र सहयोग रहेमा लामो समय पछि पुन जनप्रतिनिधिहरुको रुपमा काम गर्न तयार रहेको बताउँछन् । गाविस अध्यक्ष हुदा कुशल काम गरेर चर्चा कमाएका खत्री हाल एकिकृत समावादीमा छन् । क्षेत्री शिवराजका नागरिकहरुले रुचाएका पात्र हुन । विकास र नेतृत्वमा सधै अग्रभागमा रहने क्षेत्री एकिकृत समाजवादीका जिल्ला ईन्चार्ज समेत हुन । एमाललेमा धेरै योगदान रहेकोले एमालेका कार्यक्रताहरु पनि क्षेत्र बहादुरको विरुद्धमा जाने सक्ने अवस्था नरहेको नेताहरुको भनाई छ ।
नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धन वाट उनी मेयरका उम्मेदवार बनेका हुन । गत निर्वाचनमा एमालेलाई जिताउन मुख्य भुमिकामा रहेका खत्रीले एमालेका अधिकांश भोट पाउन सक्ने देखिन्छ । स्थानीय स्तरमा विभिन्न दलमा नेताहरु सँग नजिक सम्वन्ध रहेकोले उनी बलियो उम्मेदवारको रुपमा रहेका छन् । केहि समय नेतृत्वमा नरहेपनि अब शिवराज वासिले चाहेमा नगरको नेतृत्व लिएर काम गर्ने क्षेत्रीले बताए । यता माओवादी केन्द्रले पनि शलिन तथा सरल स्वभावका दिनेश पुनलाई उपमेयरमा उठाएका छ । पार्टीका नगर अध्यक्ष रहेका पुनलाई भद्र तथा व्यवहारि नेताको रुपमा चिन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma