कपिलवस्तु – जनता समाजवादि पार्टि नेपाल शिवराजले आज चसनावि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । जसपाको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि मेयर पदका उमेद्धार कुष्ण कुमार चौधरी र उपमेयर पदका उमेद्धार प्रमिला चौधरीले संयुक्त रुपमा प्रतिवद्धता पत्रको सार्वजनिक गरेका हुन ।
प्रतिवद्धता पत्रत्रमा शुसासन जनमुखी र पारदर्शि प्रशासन बनाउने विषयलाइ प्राथमिकतामा राखेका छन् । नगरको सुचना स्थानिय भाषामा समेत प्रकाशित गर्ने, नगरलाई भष्टचार रहित रुपमा स्थापित गर्ने, स्थानिय स्तरमा उठाइने करको अभिलेख नियमित सार्वजनिक गर्ने, नगरका सम्पुर्ण विद्यालयको गुणस्तरमा बृद्धि गर्ने, जिवन उपयोगि र प्राविधिक शिक्षालाई जोड दिदै १२ सम्म निशुल्क शिक्षा, नगरभित्रका क्याम्पसलाई स्तरउन्नती, सामुदायिक विद्यालयमा २ जना स्वास्थकर्मि, नगरभित्र १ सय सैयाको सुविधा सम्पन्न अस्पताल निमार्ण, प्रत्यक वडामा १५ सैयाको स्वास्थ केन्द्र निमार्ण, युवालाई सिमुलक तालिम र रोजगारी प्रदान, नगरभित्र कोल्ड स्टोर राखिने, धार्मिक तथा सास्कृतिक स्थलको संरक्षण गर्दै नि शुल्क इन्टरनेट, औद्योगिकरण क्षेत्र निर्धारणर र उद्योगिक ग्राम निमार्ण लगायत थुप्रै कार्यक्रमहरु प््रतिवद्धता पत्रमा उल्लेख गरेका छ ।
सोहि कार्यक्रममा बोल्दै उपमेयर पदका उम्मेदवार प्रमिला चौधरीले समान ज्याला र समान अवसरको लागि आफनो उम्मेदवार रहेको बताउनु भएको थियो । उहाँले नगरको प्रतिवद्धतामा उल्लेख भएका सबै एजेण्डा सतप्रतिशत पुरा हने बताउनु भएको थियो ।
जसपा केन्द्रिय सदस्य नारायण खनालको प्रमुख आतिथ्यता , जसपा शिवराजको चुनाव प्रचार प्रसार समितिका संयोजक रहिस शाहको संचालन रहेको कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार ,जसपा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
(पुर्ण पाठ)




प्रतिक्रिया