Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

चुनावी खर्च बैंक खातामार्फत मात्रै गर्न उम्मेदवारलाई आयोगको निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावका उम्मेदवारले चुनावी क्रियाकलापको खर्च बैंक खातामार्फत मात्रै गर्न पुन: सचेत गराएको छ ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावी खर्च गर्दा बैंकमा खाता खोलेर गर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने व्यवस्था कार्यान्वयन गर्न आयोगले सबै दल र उम्मेदवारलाई पुन: सचेत गराएको हो ।

यस्तै, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा त्याे रकम बुझेको रसिद वा भरपाइ दिएर उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने पनि आयोगले जनाएको छ ।

तोकेको व्यवस्था विपरीत खर्च गर्ने क्रम चलिरहेकोमा ध्यानाकर्षण गराउँदै आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन  दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma